Contact Us For Ad

Moneyplant Saving & Credit Co-operative Society Ltd

‘समृद्धिको प्रतीक’ मनिप्लान्ट वचत तथा ऋण सहकारी संस्था लिमिटेड काठमाडौं उपत्यकाका सहकारीहरुका माझमा २०६६ सालमा स्थापित सहकारी हो । सहकारी ऐन २०४८ अनुसार काठमाडौ वडा नं. ९, १०, ३३, ३४ र ३५ ( हाल ९, १०,३०, ३१ र ३२) लाई कार्यक्षेत्र बनाएर सदस्यहरुका स्वावलम्बन तथा स्थानीय उत्पादन सम्बन्धी व्यवसायका क्षेत्रमा विशेष प्रोत्साहन गर्दै कर्जा तथा अन्य सहुलियत प्रदान गर्देै आइरहेको छ । एक दशक लामो सेवा अवधिमा आफ्नाे कार्य क्षेत्रमा सदस्यहरुको समग्र आर्थिक, सामाजिक उन्नतिका लागि अनवरत नयाँ नयाँ योजना सञ्चालन गर्दै आएको छ ।
काठमाडौ महानगरपालिका वडा नं. ३२ मीनभवन (नागरिक अस्पताल अगाडि) All in One Mart कम्प्लेक्समा कार्यालय रहेको यस वित्तीय संस्थाले कृषि, घरेलु व्यावसाय, पशु व्यावसाय, शिक्षा, सवारीसाधन, आवास, हस्तशिल्प आदिको बजारीकरणका लागि सरल रुपमा कर्जा लगानी गरी आफ्नाे सदस्य तथा तिनका परिवारलाई सहयोग गरिरहेको छ । नेपालभरका आफ्नाे सदस्यको अर्थिक उन्नतिका लागि स्थापना भएको मनिप्लान्टले हाल सम्म पनि उत्पादन मुखी व्यवसायलाई जोड दिंदै विद्युत उत्पादन, पर्यटन व्यावसाय, वातावरण मैत्री जैविक उत्पादन आदिमा समेत लगानी गरिरहेको छ ।
आर्थिक समानता र भेदभाव रहित सहभागिताका लागि सबै सदस्यको समान लगानीमा सञ्चालित यस संस्थामा पूर्णं प्रजातान्त्रिक परिपाटीमा सहकारी विभागका सबै निर्देशनहरुको पूर्ण पालना गरिरहेको छ । सञ्चालक समिति तथा अन्य आधा दर्जन बढी समिति, उप समितिहरुको सञ्जालमा बाँधिएर पूर्ण उत्साह र अपनत्वका साथ सबै सदस्यहरुले समान सहयोग र प्रयास गरैकै कारण मनिप्लान्ट साकोस उपत्यकाका उत्कृष्ट सहकारीमा गनिन सफल भएको छ ।

Address Details

Location

Kathmandu-31, Kathmandu

Nearby Landmark

All In One Mart (Opposite to CIVIL Hospital)

Status

Closed[Show Full Schedule]

Reach us out!

Having Thoughts?