व्यवसाय सफल बनाउने गजबको प्रविधि

‘क्यूआर कोड’ ('QR CODE')

www.bpazes.com अनलाइन रुपमा तयार गरिएको व्यवसायहरुको ठेगाना पुस्तक हो । यसले सबैखाले व्यवसायका लागि डिजिटल मञ्च सिर्जना गर्दछ, त्यो पनि निःशुल्क । व्यवसायी, उद्यमी, उपभोक्ता एवम् सदस्यहरुलाई फाइदा हुने गरी यसको परिकल्पना गरिएको छ । यसमा व्यवसाय प्रवद्र्धन गर्नका लागि भूमिका निर्वाह गर्ने सेवाहरु दिन र लिन सकिन्छ ।

व्यवसायमा डिजिटल इकोसिस्टमको महत्व हुन्छ । त्यसका लागि आजको युगमा अनलाइनको माध्यमबाट विक्रेता, वितरक, उपभोक्ता, व्यवसायी, उद्योगी, आवेदक, डाटा सर्भिस दिने सेवाप्रदायक, सम्बन्धित प्रविधि लगायत सबै पक्षको अन्तरसम्बन्ध सुमधुर हुनु जरुरी हुन्छ । सहकार्य र अन्तरसम्बन्धमा आधारित भएर सुचना, जानकारी र प्रविधिको आदानप्रदान गर्दै व्यवसाय अगाडि बढाउँदा सबैको उन्नयन हुन्छ । यसका लागि www.bpazes.com एउटा उपयुक्त र प्रभावकारी मञ्च हो ।

प्रिय व्यवसायी,

तपाईं जुनै पनि क्षेत्रसँग सम्बन्धित व्यवसायमा आवद्ध हुनसक्नुहुन्छ । जस्तो कि, कला, सौन्दर्य, कन्सल्ट्यान्सी, डिलर, शोरुम, शिक्षा, इलेक्ट्रोनिक्स, मनोरञ्जन, फेसन, किराना, स्वास्थ्य, घर र कार्यालय सम्बन्धी, इन्स्योरेन्स, बालबालिका, भाडा र बहाल, आर्थिक कारोबार, घरपालुवा जनावर र सप्लायर, घरजग्गाको किनवेच, थ्रिल्स मनोरञ्जन, रेष्टुराँ क्लब, सेवामूलक कामहरु, तालिम, ट्राभल र टुर्स ।

आफ्नो व्यवसायलाई डिजिटल दुनियाँमा कसरी अगाडि बढाउने र कसरी अब्बल रुपमा स्थापित गराउने ? यो आजको चुनौती हो । हिजोको दिनमा चलिरहेका व्यवसायलाई पनि थपिएको छ यो चुनौती ।

त्यसो त आफ्नो व्यवसायबाट मनग्य नाफा कमाउन कसलाई मन नहोला ? अझ, सफल व्यवसायी कसरी बन्ने भन्ने सवालमा त रातदिन खट्नुपरेकै छ, खटिरहनुभएकै होला । व्यावसायिक सफलताका रहस्य, अनुभव र सुत्रहरु आआफ्ना हुनसक्छन् । एउटै सुत्रले सबै व्यवसायलाई सफलतातिर लैजान्छ भन्ने पनि हुँदैन । तर, एउटा सत्य चाहिँ के हो भने जुनसुनै व्यवसायमा पनि डिस्काउण्ट माग्ने र डिस्काउण्ट अफर दिने व्यवसायिक रणनीति भने एकदम चलनचल्तीमा छ । बजारमा कुनै पनि सामान खरीदविक्री गर्दा डिस्काउण्ट हुनु अनिवार्यजस्तै भइसक्यो । र, यसकै आधारमा राम्रो व्यापार भइआएको तथ्य पनि तपाईं हामीसँगै छ ।

अब समय डिजिटल हुँदै आएको छ, प्रविधिमय बन्दै आएको छ । घरमै बसेर आफूलाई चाहिएको सामान अर्डर गर्ने, होम डेलिभरीको सुविधा दिनसक्ने व्यवसायीसँग सामान मगाउने, धेरै डिस्काउण्ट कहाँ छ भनेर हेर्ने र यी कामका लागि कहाँ सहज हुन्छ भनेर खोज्ने परिपाटी विकास भइरहेको छ । यस्तैमा www.bpazes.com ले एउटा विशेष अफर ल्याएको छः ‘क्यूआर कोड’ ('QR CODE') ।

प्रिय पाठक, अब यसको एक टुक्रा कथा सुनौं है त ।

मेरो व्यवसायलाई डिजिटलाइज गर्नुथ्यो । आफैं वेबसाइट बनाएर काम गर्ने योजना पनि थिएन । अनलाइन विजनेश गर्ने उपाय खोज्दै थिएँ । यसकै सिलसिलामा मैले भेटेँ धधध।दउबशभक।अयm । यसमा मैले मेरो व्यवसाय निःशुल्क दर्ता गरेँ । त्यसपछि मेरो व्यवसायको बारेमा अनलाइनमा जानकारी मिल्ने भयो । त्यत्तिले मात्र म सन्तुष्ट हुन सकिनँ । मेरो व्यवसायलाई वेबसाइटमा पहिलो पेजमा देखिने बनाउन मन लाग्यो । डिस्काउण्ट अफरमा सामानहरु र सेवाहरु विक्री गर्नु थियो ।

मैले सोचेँ, समयले जुरायो । अनि, मेरो भेट भयो कमल सरसँग । उहाँसँगको भेटमा वासनादार कफिसँगै क्यूआर कोडबारे छलफल गर्‍यौं । उहाँले यसको विशेष अफर बारे विस्तृतमा जानकारी गराउनुुभयो । 

प्रिय व्यवसायी,

उहाँले तपाईंलाई पनि अफर गर्न सक्नुहुन्छ है । सबभन्दा गजब कुरा चाहिँ के हुन्छ भने तपाईं स्वयम् नै क्यूआर कोडको कुरा लिएर कमल सरलाई फोन गर्नूस् । यो अवसरबाट नछुट्नु व्यावसायिक रुपमा उत्तम हुनेछ ।

‘क्यूआर कोड’ ('QR CODE') के हो ? तपाईंको मनमा यो प्रश्न उठेको पनि हुनसक्छ । नउठेको भए पनि अब पक्कै व्यूँझियो होला ।

‘क्यूआर कोड’ ('QR CODE') अर्थात् Quick Response Code एउटा नयाँ आकर्षक प्रविधि हो जसले ग्राहक÷उपभोक्तालाई तपाईंको व्यवसायतर्फ छिट्टै आकर्षित गर्न सहयोग पुर्‍याउँछ । डिस्काउण्ट अफरबाट व्यावसायिक रुपमा विशेष उपलब्धि हासिल गर्न यसको प्रयोग राम्ररी गर्न सकिन्छ । यो वर्ग आकारको चित्र हो जसमा राखिएको जानकारी स्मार्टफोनको क्यामेराबाट पढ्न सकिन्छ ।

‘क्यूआर कोड’ ('QR CODE') को प्रयोग गर्न थालनी गर्दाको प्रक्रिया के हुन्छ त ?

खोजीका लागि कुनै शब्द टाइप गरेपछि सम्बन्धित व्यवसायको प्रोफाइल डिस्प्ले हुन्छ । अनि, सँगै तपाईंले राख्नुभएको डिस्काउण्ट अफर देखिन्छ । ग्राहकले ब्उउथि म्ष्कअयगलत बटनमा थिच्नुहुन्छ । त्यसपछि क्यूआर कोडको चारकोठे चित्र स्क्रिनमा देखापर्छ । त्यसलाई डाउनलोड गरेर ग्राहकले तपाईंकहाँ कुनै न कुनै माध्यमबाट पठाउनुहुन्छ । यसरी व्यवसाय अगाडि बढ्छ ।

प्रिय व्यवसायी साथी,

यसबाट के फाइदा त ? हैन र !

तपाईंले क्यूआर कोड सेवा प्रयोग गर्नुभएपछि साइटमा कसैले वस्तु वा सेवा सर्च गर्दा तपाईंको व्यवसायलाई सिस्टमले नै सुरुको पेजमा देखाउँछ । ग्राहककोमा सहजै पुग्न यसले सघाउँने भयो । उहाँहरुलाई तपाईंकहाँ सजिलै ल्याइपुर्‍याउन यसले मद्दत गर्दछ । व्यापार व्यवसायको उन्नतिका लागि यो सुन्दर तरीका हो । तपाईंकहाँ ग्राहक आउनुभएपछि उहाँहरुसँग थप कारोबार गर्न पाउने अवसर पनि हुन्छ ।

प्रिय उपभोक्ता साथी,

तपाईं यो लेख पढ्दै यहाँसम्म आइपुग्नुभयो भने अब सम्झिनूस् कि तपाईंका लागि पनि हामीले सोचिरहेका छौं । तपाईंलाई सम्झेरै क्यूआर कोडको प्रविधि ल्याएका छौं ।

तपाईंले हाम्रो साइटमा आफूलाई चाहिए बमोजिमको वस्तु वा सेवा सर्च गर्नुभएपछि डिस्काउण्ट अफरसहितको व्यवसायीको प्रोफाइल खुल्यो भने अब तपाईंका लागि सस्तो, राम्रो सेवा घरमै बसीबसी छान्न, अर्डर गर्न पाउनुहुने भयो त्यो पनि विशेष डिस्काण्ट अफरमा । यसका लागि तपाईंले डिस्प्ले भएको चारकोठे क्यूआर कोड डाउनलोड गर्ने । त्यसपछि तपाईं उक्त कोड साथमा लिएर सम्बन्धित व्यवसायीकोमा जान सक्नुहुन्छ वा टाढा हुनुहुन्छ भने घरमै अर्डर गर्न पनि सक्नुहुन्छ । टाढा हुनुभएको हकमा डाउनलोड भएको क्यूआर कोड इमेल, भाइबर, ह्वाट्स्याप वा अन्य कुनै पनि माध्यमबाट व्यवसायीकोमा पठाउन सकिन्छ ।

यसरी, सामान खोज्न भौतारिन नपर्ने, समयको बचत हुने, डिस्काउण्ट पाएर रकम पनि बचत गर्न सकिने, सहजै आवश्यक सेवा लिन सकिने हुँदा बिपेजेजको क्यूआर कोड प्रविधि डिजिटल सेवक नै हो ।

अब कुरा गरौं मैले कसरी काम गरेँ भन्ने बारे ।

मैले यो प्रविधि अनुसार व्यवसाय प्रवद्र्धन गर्न सुरुवात गरेँ । त्यसपछि, क्यूआर कोड डाउनलोड गरेर डिस्काउण्ट अफर अनुसार अर्डरहरु आउन थाले । मैले व्यवसायीको रुपमा लगइन गरेर स्क्यान क्यूआरमा क्लिक गरेँ । त्यसपछि, बिल रकम इन्ट्री गरेँ । र, क्यूआर कोड डाउनलोड गरेर आउने साथीहरुको क्यूआर कोड स्क्यान गरेँ । त्यसपछि त हुने नै भयो डिस्काउण्ट अनुसार कारोबार । यसरी विशेष अफरबाट सजिलै व्यवसाय प्रवद्र्धन गर्न सकिने रहेछ ।

‘... अनि, व्यवसायमा फटाफट स्केल अप हुनथाल्यो । ... त्यसपछि ...’

यसैगरी कथा सुनाउन मन छ भने आजै यो क्यूआर कोड अफरमा सहभागी भइ आफ्नो व्यवसायको प्रवद्र्धनमा लाग्नुहोला । 

नरेन्द्रकुमार नगरकोटी

Share Now